दफा १४
इजाजतपत्रको शर्तमा संशोधन
(१) स्वास्थ्य, सुरक्षा तथा वातावरणको संरक्षणको लागि यंस ऐन बमोजिम जारी गरिएको इजाजतपत्रमा तोकिएको कुनै शर्तमा संशोधन गर्न आवश्यक देखेमा नियमनकारी निकायले इजाजतपत्रवालालाई लिखित जानकारी गराई त्यस्तो शर्तमा संशोधन गर्न सक्नेछ।
(२) उपदफा (१) बमोजिम नियमनकारी निकायले इजाजतपत्रमा तोकिएको शर्तमा संशोधन गरेको कारणले इजाजतपत्रवालाले कुनै थप व्यवस्था गर्न वा तयारी गर्नु पर्ने भएमा नियमनकारी निकायले यस प्रयोजनको लागि सम्बन्धित इजाजतपत्रवालालाई मनासिब समय दिनेछ।